गृहपृष्ठ प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीन–नेपाल व्यापारिक फोरममा सहभागिता जनाएपछि ओली र चिनिया राष्ट्रपतिबीच भेटवार्ता भएको हो । त्यसपछि ओली टियनमिन स्क्वायरको अवलोकनमा जाने कार्यक्रम छ । चिनियाँ समकक्षी लि खछ्याङसँग भने बिहीबार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसअघि, ओली बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ नेपाली र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठवटा सम्झौता भएका थिए ।
बुधबारै ओलीले बेइजिङस्थित नेपाली दूतावासमा नेपाली प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए । एक सय २० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलबार बेइजिङ पुगेका हुन् । मंगलबार साँझ प्रधानमन्त्री ओलीले नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रकाशित समय : २०:१८ बजे




















