गृहपृष्ठ सडक बहसमा नेविसंघ : पेट्रोलियम पदार्थको मूल्य फिर्ता हुनुपर्छ
सडक बहसमा नेविसंघ : पेट्रोलियम पदार्थको मूल्य फिर्ता हुनुपर्छ
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदर्थको मूल्यवृद्धिका विरुद्ध बुधवार ७७ वटै जिल्ला सदरमुकाममा सडक बहस कार्यक्रम गरेको छ । सडक बहस मार्फत नेविसंघले पेट्रोलियम पदर्थको मूल्यवृद्धी घटाउने नभएर फिर्ता गर्न सरकारलाई दबाब दिएको छ ।
प्रदेश नम्बर ३ को राजाधानी हेटौंडामा भएको कार्यक्रममा अध्यक्ष नैनसिंह महरले जनताका लागि सेवक बन्नु पर्ने सरकार नै जन विरोधी काममा उद्दत भएको आरोप लगाए । उनले बढाईएको सबै मुल्य फिर्ता नहुन्जेल नेवि संघको आन्दोलन नरोकिने चेतावनी दिए ।
प्रकाशित समय : २०:२२ बजे




















