गृहपृष्ठ राजपाको महाधिवेशन यस वर्ष नहुने
राजपाको महाधिवेशन यस वर्ष नहुने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन अर्को वर्ष वैशाख ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ । याे सँगै राजपाकाे महाधिवेशन यस वर्ष नहुने भएकाे हाे ।
केन्द्रीय कार्यालय बबरमहलमा बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
राजपाले पार्टी विधानको बुँदा २२ (१०) लाई शंसोधन गर्ने निर्णयसमेत गरेको छ । सोही व्यहोराको पत्र आयोगलाई पठाउने निर्णय भएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले न्युजकारोबारलाई जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरी आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय : २१:२० बजे




















