Nepalese Flag २०७७ फागुन १९ गते बुधबार   |   March 03, 2021

मौरी पालेर शिक्षकलाई तलब

न्युज कारोबार काठमाडौं असार ६, २०७५       

मौरी पालेर शिक्षकलाई तलब
सुर्खेत जिल्लाको एक विद्यालयलले मौरी पालन शुरु गरेको छ । शिक्षकलाई तलब दिन अप्ठ्यारो हुन थालेपछि तलब खुवानकै लागि लागी मौरी पालन शुरु गरिएको विद्यालयले जनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ मा रहेको भैरब माध्यामीक विद्यालयले तलब खुवाउन तथा विभिन्न खर्च सञ्चालनका लागी यस्तो उपाय अबलम्बन गरेको हो । वि.सं. २०१३ सालमा स्थापना भएको सो विद्यालयले भूभी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयसँग मौरी पालनका लागी रकम माग गरी मौरी पालन शुरु गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रानाका अनुसार २०६५ बाट विद्यालयले उच्च माद्यमिक तह सञ्चालन गर्दै आइरहेको छ । त्यसैगरी वि.सं. २०७४ सालबाट सिटिईभिटिबाट मान्यता प्राप्त कृषी जेटिएसमेत सञ्चालनमा ल्याएको छ । ‘अभीभावकको सहयोग र नेपालसरकारको अनुदानमा चलेको विद्यालयले आंफैले आएस्रोतको खोजी गर्ने क्रममा मौरी पालन सञ्चालनमा ल्याएको हो’ अध्यक्ष रानाले भने, ‘मन्त्रालयले दिएको दुई लाख रुपैयाँ र विद्यालयको १७ हजार २ सय ५० को लगानीमा मौरी पालन शुरु गर्न थालीएको हो ।’ १५ घार मौरी, मौरी पालनको लागी विद्यार्थी, शिक्षक, र व्यवस्थापन समितिलाई तालीम तथा विभिन्न उपकरण खरीदमा रकमको प्रयोग गरिएको रानाले बताए । उनका अनुसार कृषि जेटिए अध्ययन गर्ने ४० जना विद्यार्थीको प्रयोगात्मक सिकाईका लागी पनी यो उपयोगमा आउनेछ । सुर्खेतको विकट गांउपालीका चिङ्गाडमा अहिले सम्म कुनै स्थानीय जनताले यस्तो व्यवसाय सञ्चालनमा नल्याएकोले पनि विद्यालयले गरेको यो कार्य सकारात्मक भएको उनको भनाई छ । मंगलबार कृषि मन्त्रालयका प्राविधिक सहायक दिपेन्द्र श्रीवास्तब र माहुरी व्यवसायी लीलाराम ढकालले विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिलाई प्रशिक्षण दिएका छन् । विद्यालयले आगामी वर्षबाट भेटेरिनरी जेटिए पनी सञ्चालन गर्दैछ । विद्यालयमा स्थानीय सो्रत र सरकारी गरी २३ जना शिक्षक रहेका छन् । हरेका वर्ष मौरी थप गरी १०० घार मौरी बनाउने उदेश्य विद्यालयले राखेको रानाको भनाई रहेको छ ।

सम्बन्धित खबरहरु