global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राजपा तत्काल सरकारमा नजाने

राजपा तत्काल सरकारमा नजाने

राजपा तत्काल सरकारमा नजाने

राष्ट्रिय जनता पार्टी (राजपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय बबरमहलमा बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष निकाल्दै तत्काल सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।

निर्वाचित सांसद (रेशम चौधरी)लाई अहिलेसम्म शपथ नगराएको भन्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय राजपाले गरेको छ । यस्तै राजपाको संसदीय दलको विधान पनि राजनीतिक समितिबाट पारित भएको छ ।

राजनीतिक समितिबाट आएको सुझाव समेटेर विधान संशोधन गर्न तीन सदस्यीय समिति समेत बनाइएको छ । समितिमा लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला छन् ।

यस्ता छन् चार निर्णय

महाधिवेशन अर्को वर्ष वैशाख ७, ८ र ९ गते गर्ने
सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष
सरकारमा सहभागी हुन सत्तारुढ दलले गरेको प्रस्ताव अस्वीकार
प्राप्त सुझाव समेटेर विधान संशोधन गर्न तीन सदस्यीय समिति गठन

प्रकाशित समय : २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु