काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम

18K
shares

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबारबाट सुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधारका लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र लगनशीलता साथ अगाडि बढ्ने जनाएका छन् ।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिसकेको तिलोत्तमाले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन शैक्षिक र भौतिक पक्षको सुधारमा समेत जोड दिने भएको छ । यसका साथै विद्यार्थीको आवत–जावतका लागि सवारीसाधन सञ्चालनमा सहयोग उपलब्ध गराउनेसम्मका कार्यक्रम अघि सारिएको छ ।

तिन वर्ष भित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने, ‘फल्स सिलिङ्ग’ राखेर विद्यार्थिलार्इ टिनको छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा ‘स्वस्थ नगरबासी : स्वस्थ नगर’ भन्ने नारा अघि सारिएको छ । जस अनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित कायम गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ । सोही नीति तथा कार्यक्रममा निकट भविष्यमा कार्यान्वय हुने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १७ नम्बर वडाका नागरिकलाई स्वास्थ्य बीमामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिने गरी बजेट व्यवस्था मिलाइनेसमेत उल्लेख गरिएको छ ।

नीती तथा कार्यक्रममा स्वास्थ्य चौकीको स्तरोन्नती, ‘बीपी ग्राम’लाई आवश्यक भौतिक पूर्वाधार सहित स्वास्थ्य केन्द्रको रुपमा संचालनमा ल्याइने विषय समेत समेटीएको छ । ‘एक घर, एक करेसाबारी : पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नारा अघि सार्दै ‘तरकारी पकेट क्षेत्र’, ‘एक घर : एक करेसाबारी’ को नीति अवलम्बन गर्ने, व्यवसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान गर्ने जस्ता विषय समेट समेटिएका छन् ।