काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किर्तिपुरको आकाशमा मौसमी सूचना दिने बेलुन

18.65K
shares

बुधबार बिहान ५ः३७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको आकाशमा एउटा बेलुन उड्यो । त्यो थियो ‘रेडियोसोन्ड’ अर्थात् मौसमी तथ्यांक संकलन गर्ने बेलुन ।

त्रिभुुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको परिसरबाट उडेको बेलुन जमिनबाट करिब १९ किलोमिटर माथिसम्म पुुगेको थियो । बेलुनले तापक्रम, वायुको चाप, वायुको दिशा, बादलको अवस्था, सापेक्षित आद्रता लगायतको अवस्थाबारे तथ्यांक संकलन गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बेलुनले संकलन गरेको मौसमी तथ्यांक स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ । ती तथ्यांकका आधारमा मौसम पूर्वनुमान गर्न सकिने विभागले जनाएको छ । विश्व बैंकको व्यवस्थापन र जलवायु लगानी कोषको आर्थिक सहयोगमा बुुधबारबाट बेलुन उडाउन सुरु गरिएको हो ।

विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार नेपालले हालसम्म विश्वको मौसमी तथ्यांक प्रयोग गर्दै आएको थियो । तर, अब आफ्नै मौसमी तथ्यांक समेत प्रयोग गर्न बेलुुन उडाइएको हो ।

‘विश्व मौसम संगठनको नियम अनुसार बिहान र बेलुका बेलुन उडाउने समयसीमा तोकेको छ । सबै देशले एउटै समयमा बेलुन उडाउँदा कम्यूटर मोडलमा काम गर्ने सजिलो हुन्छ,’ महानिर्देशक डा.शर्माले भने, ‘फरक–फरक समयमा भयो भने कम्यूटर मोडलमा काम गर्न गाह्रो हुन्छ । त्यसैले हामीले सधैँ ५ः३० वा ५ः३७ मा बेलुन उडाउँछौं ।’

उनले विहानको समयमा बेलुन उडाउनुको कारण हवाई सेवामा अवरोध नहोस् भन्ने पनि रहेको बताए । नेपालको मौसम पूर्वानुमान मेल नखाने गरेको जनगुनासो रहँदै आएका बेला शर्मा भन्छन्, ‘अब मौसमी सूचनाले मेल खानेछ ।’

मौसमी अवस्थासम्बन्धी तथ्यांक दिने बेलुन आकाशमै आफैं फुट्नेछ । उनका अनुसार बुुधबार  १ घण्टामा १९ किलोमिटरसम्म उडेर बेलुन आफै फुटेको थियो । उनी भन्छन्, ‘बेलुन फुुट्ने एकीन समय हुुुँदैन । जतिखेर पनि फुुटन सक्छ ।’

सरकारले ४० वर्ष अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रेडियोसोन्ड उडाएको थियो । तर, प्रत्येक दिन २० हजार खर्च तथा पूर्वाधार नहुँदा उतिबेला निरन्तरता दिन नसकिएको बताउँदै शर्माले भने, ‘अब निरन्तर रुपमा बेलुुन उडाइनेछ ।’ उनका अनुसार २ वर्षसम्म उडाउन पुग्ने बेलुन विभागसँग छ ।