काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

टेलिकमको नयाँ इन्टरनेट प्याकेज, वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस

777
shares

ai logo सारांश

  • नेपाल टेलिकमले एफटीटीएच (FTTH) अन्तर्गत एनटी फाइबर प्रयोग गर्ने ग्राहकका लागि वाइफाइ ६ (Wi-Fi 6) सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ ।
  • प्याकेज लिने ग्राहकले ८०० देखि १ हजार एमबीसम्मको मोबाइल डेटा पनि प्राप्त गर्नेछन् ।

काठमाडौँ / नेपाल टेलिकमले एफटीटीएच (FTTH) अन्तर्गत एनटी फाइबर प्रयोग गर्ने ग्राहकका लागि वाइफाइ ६ (Wi-Fi 6) सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार ‘Wi-Fi 6 Individual Package’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजमा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यी वार्षिक प्याकेज लिने ग्राहकले ८०० देखि १ हजार एमबीसम्मको मोबाइल डेटा पनि प्राप्त गर्नेछन् । त्यस्तै, कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज पनि ल्याएको छ ।

नेपाल टेलिकमका अनुसार यी सबै प्याकेजको अवधि १२ महिना हुनेछ । नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क नलाग्ने व्यवस्था गरिएको छ । कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उल्लिखित अफर असोज ३० गतेदेखि नै लागू भएकाे छ।