global ime bank Long Banner Ad

गृहपृष्ठ अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय वाणिज्य बैकले शाखा स्थापना गरेको छ । यो बैंकको १९० औं शाखा हो ।

उक्त शाखाको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले एक समारोहका बीच समुद्घाटन गरे । उनले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्देश्यअनुरुप बैंकले कार्य गरिरहेको बताए । उनले ग्रामिण र दुर्गम स्थानमा बैंकको उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने उल्लेख गरे ।

गुरुङ्गले यस क्षेत्रमा १२८ ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने एवं मोवाइल सेवालाई थप भरपर्दो बनाइने जानकारी दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नयाँ संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गर्ने वताए ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु