गृहपृष्ठ नेकपाले भन्यो- मोदी भ्रमणको खर्च देखाउ
नेकपाले भन्यो- मोदी भ्रमणको खर्च देखाउ
धनुषा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागेको खर्च देखाउन प्रदेश सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रदेशसभा बैठकको विशेष समय लिएर नेकपाका सुन्दरबहादुर विश्वकर्माले ‘यथाशीघ्र’ भ्रमण खर्च देखाउन प्रदेश सरकारसँग माग गरेका हुन् । विश्वकर्माले प्रदेश सरकारलाई भ्रमण खर्च सार्वजनिक गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै अझै सार्वजनिक नभएमा आफूहरु सदन अबरोध गर्न बाध्य हुने चेतावनी दिए ।
‘हामीले अहिलेसम्म सरकारलाई खर्च सार्वजनिक गर्न अनुरोध गर्दै आएका छौं’ उनले भने ‘अझै वेवास्ता गरे सदन अवरोध गर्न बाध्य हुनेछौं ।’भारतीय प्रधानमन्त्री मोदी भ्रमणका विषयमा भएका टिकाटिप्पणी र सरकारको रवैयाले प्रदेश बदनाम भएको आरोप समेत लगाए ।
प्रकाशित समय : १८:४३ बजे

















