गृहपृष्ठ महँगियो सुन
महँगियो सुन
काठमाडौैं– बुधबार छापावाल सुनको मूल्यमा १ सय रुपैयाँले वृद्धि भई प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी तेजावी सुनको मूल्यमा पनि सोही दरमा वृद्धि भई ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको तथा चाँदी ५ रुपैयाँले वृद्धि भई प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित समय : १८:२१ बजे


















