काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वडाध्यक्षसहित तीन पक्राउ

12.54K
shares

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठलार्इ प्रहरीले पक्राउ गरेकाे छ । त्यसैगरी मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला वक्यौली–३ की सीमाकुमारी राजधानीसमेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय एकजनालाई नक्कली आमा बनाई अन्य जिल्लाको व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन किर्तेे सिफारिस गरेको आरोपमा केही दिनअघि मात्र जिल्लाको हेलम्बु गाउँपालिका–७ का वडाध्यक्ष खेतनाथ घिमिरे र वडासचिव रामबहादुर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

(रासस)