global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अर्की प्रधानमन्त्री जो पदमा रहँदा आमा बनिन्

अर्की प्रधानमन्त्री जो पदमा रहँदा आमा बनिन्

अर्की प्रधानमन्त्री जो पदमा रहँदा आमा बनिन्

बेनिजिर भुट्टो त्यस्ती पहिलो महिला हुन् जो प्रधानमन्त्री पदमा आसिन रहेको बेला आमा बनेकी थिइन् । सन् १९९० मा प्रधानमन्त्री रहेको अवस्थामा भुट्टोले बच्चाको जन्म दिएकी थिइन् ।

बेनेजर भुट्टोपछि न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिजा अर्डनले पनि पदमा रहँदा नै छोरीलाई जन्म दिएकी छन् । सन् २०७ अक्टोबरमा न्युजिल्याण्डकी ४० औं प्रधानमन्त्रीको रुपमा सपथ लिएकी अर्डनले बिहिबार छोरी जन्माएकी हुन् । उनी ३७ वर्षकी छिन् ।

उनले इन्स्टाग्राममा बिहिबार बेलुकी ४ः४५ मा छोरीलाई जन्म दिएको जानकारी गराएकी छिन् । उनका अनुसार ३.३१ किलोग्रामकी उनकी छोरीको जन्म भएको हो । उनले शुभकामनाका लागि धन्यवाद दिएकी छिन् ।

प्रकाशित समय : ०१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु