गृहपृष्ठ सनराइज बैंकको शाखारहित बैंकिङ सर्लाहीको महारानीमा

सनराइज बैंकको शाखारहित बैंकिङ सर्लाहीको महारानीमा

सनराइज बैंकको शाखारहित बैंकिङ सर्लाहीको महारानीमा

 

सनराइज बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, महारानी बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यले बैंकले सर्लाहीमा सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष रामकरण महतोले गरे । उद्घाटन कार्यक्रममा बर्दिबास शाखाका प्रबन्धक दिपेश ढकालले शाखारहित बैंकिङ सेवाको एजेन्ट÷प्रतिनिधि अमरसिंह कुशवाहालाई ‘पोइन्ट अफ सेल मेसिन’ हस्तान्तरण गरे । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएका ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यससँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २३ पुगेको छ ।

प्रकाशित समय : २३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु