काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

1.45K
shares

काठमाडौं । भोटेकोशी नदीमा बाढीको सतह निरन्तर बढ्दै गएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे रसुवास्थित भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढीको पानी स्याप्रुबेसीसम्म आइपुगेको छ ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।