गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियनको २१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियनको २१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियनको २१ लाख सहयोग

काठमाडौं । बागमती प्रदेशअन्तर्गत रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।

बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै हिमालयन बुलियनले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

त्यस्तै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु