गृहपृष्ठ आपत्कालीन गोदामघर तथा राहत संकलनका लागि सम्पर्क व्यक्ति र स्थान तोकिइयो
आपत्कालीन गोदामघर तथा राहत संकलनका लागि सम्पर्क व्यक्ति र स्थान तोकिइयो
काठमाडौं । आपत्कालीन अवस्थामा राहत सामग्री संकलन तथा व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि विभिन्न स्थानमा राहत संकलन केन्द्र तोकिनुका साथै सम्पर्क व्यक्तिहरूको जिम्मेवारी निर्धारण गरिएको छ।
आपत्कालीन गोदामघर तथा राहत संकलनका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित मैथली ब्यारेक र सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रलाई प्रमुख संकलन स्थलका रूपमा तोकिएको छ।
विमानस्थलमा रहेको आपत्कालीन गोदामघरका लागि पुरुषोत्तम भण्डारी (९८५११४७४९४), चन्द्र बहादुर थापा (९८५१०८४२२०) र निरञ्जन निरौला (९८४३४६८९९१) लाई सम्पर्क व्यक्तिको रूपमा खटाइएको छ।
यस्तै, रसुवा र नुवाकोट क्षेत्रका लागि मैथली ब्यारेक, बट्टार नुवाकोटमा राहत संकलनको व्यवस्था मिलाइएको छ। सो स्थानका लागि दिपेन्द्र पौडेल (९८५६०६७७७०), प्रकाश ढुंगाना (९८६०६५९९३८), श्याम बाबु कट्टेल (९८४६०४६०००), युवराज भण्डारी (९८४६१०६९२९) र शेखर बाबु ठोकर (९८५४०४५४९७) लाई समन्वयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा राहत सामग्री बुझाउनका लागि सम्बन्धित प्रहरी निरीक्षक (९८५१२८३६११) सँग सम्पर्क गर्न सकिनेछ।
तोकिएका संकलन केन्द्रका अतिरिक्त सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूसँग समन्वय गरेर पनि राहत सामग्री उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका सम्पर्क विवरण उनीहरूको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
प्रकाशित समय : ११:४६ बजे


















