गृहपृष्ठ बाढीपहिरो प्रभावितका लागि सानिमा बैंकको २ करोड २५ लाख सहयोग
बाढीपहिरो प्रभावितका लागि सानिमा बैंकको २ करोड २५ लाख सहयोग
काठमाडौं । सानिमा बैंकले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम उपलब्ध गराउने जनाएको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको बैंकले जनाएको छ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित समय : ११:२६ बजे

















