गृहपृष्ठ सानिमाले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने
सानिमाले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश रकम १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५ सय ४१ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ। उक्त रकममा करसमेत समावेश छ।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। अग्राधिकार सेयरतर्फ ५ करोड २४ लाख ३८ हजार ३ सय ५६ रुपैयाँ १६ पैसा लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ।
अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिलाई आधार मानी समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
बैंकका अनुसार हाल सानिमा बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४ रुपैयाँ ३३ पैसा तथा अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित समय : ११:३९ बजे


















