गृहपृष्ठ धुन्चेमा अलपत्र परेकाको उद्धार

धुन्चेमा अलपत्र परेकाको उद्धार

धुन्चेमा अलपत्र परेकाको उद्धार त्रिशुलीमा बढेको बहाव दमौली (तनहुँ), १० भदौ ः रसुवाको भोटेकोशीमा आएको बाढीका कारण तनहुँ र चितवन सीमाना भएर बग्ने त्रिशुली नदीमा बुधबार दिउँसो बढेको बहाव । तस्बिर ः कृष्ण न्यौपाने, रासस

भक्तपुर । धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ ।

गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरु धुन्चेमा अलपत्रमा परेका थिए । अन्यौलमा परेकाहरुको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आ–आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो ।

“बुधबार ३ः०० बजेदेखि अलपत्रमा परेकाको खोजी गरी उनीहरुलाई तत जिल्लामा पठाउने कामको सुरुआत गरेका छौँ”, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जानकारी दिए।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु