गृहपृष्ठ आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव

आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव

आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव
तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका २३ वटा  शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उनले बताए ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु