गृहपृष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकाउन्न लाख सहयोगको प्रतिवद्धता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकाउन्न लाख सहयोगको प्रतिवद्धता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकाउन्न लाख सहयोगको प्रतिवद्धता

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकाउन्न लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीको संचालक समितिले मिति २०८३ साल भाद्र ११ गते सर्कुलर मार्फत यो प्रतिवद्धता व्यक्त गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदीतटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो। यसप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।

भीषण बाढी र डुबानका कारण दर्जनौं नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौं बेपत्ता भएको र सयौं परिवार विस्थापित हुनुपरेको यस कठिन घडीमा कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघ-संस्थाहरूबाट भइरहेको प्रयासप्रति एकजुटता जनाउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।

कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रलाई पर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आइरहेको बताएको छ। “ढुक ढुक हैन, ढुक्क होऔं” भन्ने मूलभावनाअनुरूप उपलब्ध गराइने यो सहयोगले बाढीपीडितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनर्स्थापना कार्यमा थप टेवा पुग्ने कम्पनीको विश्वास छ।

साथै, कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले उच्च सम्मान र आभार व्यक्त गरेको छ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु