काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

777
shares

जनकपुर । सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका अनुसार समाजमा हिंसा र त्रास फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हतहतियार प्रदर्शन गर्दै नाचेको भिडियो खातुनले फेसबुकमा अपलोड गरेकी थिइन् ।

उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कार्तिक ४ गते राति गणेशमान चारनाथ नगरपालिका–९ बाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।