काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

714
shares

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले सीजी. ग्रुपद्वारा प्रवर्धित, युनाईटेड रेमिटसँग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंक लि.ले यूके, जापान, दक्षिण कोरियालगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिटसँग सहकार्य गरी विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो ।

उक्त सम्झौतापछि विभिन्न देशमा रहेका युनाइटेड रेमिटको प्रतिनिधि कार्यालयहरूबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १५६ वटा शाखाहरू, शाखारहित बैकिङ सेवा र तथा एक्सटेन्सन काउण्टर मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।