गृहपृष्ठ किंग्समेनले दियो नेपाल ‘ए’ लाई १९८ रनको लक्ष्य

किंग्समेनले दियो नेपाल ‘ए’ लाई १९८ रनको लक्ष्य

किंग्समेनले दियो नेपाल ‘ए’ लाई १९८ रनको लक्ष्य

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा किंग्समेन एकेडेमीले नेपाल ‘ए’ सामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको किंग्समेनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९७ रनको योगफल तयार पारेको थियो ।

किंग्समेनका सेहन जयसूर्याले ६७ सर्वाधिक रनको योगदान गरे । उनले ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । सेहन जहान्गिरले २७, कप्तान हम्माद अजामले अविजित २६ मिलिन्द कुमारले २५, तैयब आरिफले २३ र अली शेखले २२ रन बनाए ।

नेपालका नारायण जोशीले दुई तथा रासिद खान, पवन सराफ र कुशल भुर्तेलले एक–एक विकेट लिए । नेपाल लगातार तेस्रो जितको लक्ष्यमा छ । सुरुआती दुई खेलमा नर्दन टोरिटोरी स्टाइक र बंगलादेश हाइ प्रफर्मेन्स टोलीसँग पराजित नेपालले त्यसपछि होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

यता, पहिलो खेलमा अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको किंग्समेनले त्यसपछि भिक्टोरिया क्रिकेट संघ र नर्दन टेरिटोरीसँगको खेल गुमाएको थियो ।

प्रकाशित समय : १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु