काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील

1.24K
shares

काठमाडौं । ​रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

​विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।

​सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणहरूमा मात्र रकम जम्मा गर्न भनिएको छ।