गृहपृष्ठ टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं । टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २० लाख प्रदान गर्ने भएको छ ।

नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए ।

यसैगरी, बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना (सडक, पुल वा विद्यालय) निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु एक करोड अनुदान उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु