गृहपृष्ठ रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
भक्तपुर । भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरुको खोजी भइरहेको जानकारी दिए ।
प्रकाशित समय : १२:४२ बजे


















