गृहपृष्ठ सरकार संवैधानिक व्यवस्था तोड्न उद्यत : कांग्रेस सांसद

सरकार संवैधानिक व्यवस्था तोड्न उद्यत : कांग्रेस सांसद

सरकार संवैधानिक व्यवस्था तोड्न उद्यत : कांग्रेस सांसद

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धना खतिवडाले सरकार संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न उद्यत रहेको आरोप लगाएकी छन् । राजधानीम बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल महिला संघका महासचिव खतिवडाले भनिन्, ‘सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत छ ।’

संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर सभामुख र उपसभामुख एउटै पार्टीको राख्ने नमिल्ने उनले बताइन् । ‘यो विषयमा कांग्रेसले पटक-पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएको छैन,’ उनले भनिन्, ‘सत्तारुढ दलले यस विषयमा तत्काल निर्णय गर्नुपर्छ ।’

न्यायपालिकालाई संसदमातहत राख्ने प्रयासमा कांग्रेस सहमत हुन नसक्ने सांसद खतिवडाको प्रस्टोक्ति छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई तीन वर्ष कार्यकाल बाँकी रहँदै राजनीतिक प्रतिशोधका आधारमा पदबाट हटाइनु आपत्तिजनक रहेको उनले बताइन् ।

सडकका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले रेल र पानीजहाजको भाषण गर्नु हास्यास्पद भएको उनको भनाइ छ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आकाश छुँदा पनि सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको उनको आरोप छ । देशैभर बलात्कारका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले जघन्य अपराधीलाई कडा कारबाहीको माग गरिन् ।

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु