गृहपृष्ठ आठवटा कलेजको सम्बन्धन खारेज
आठवटा कलेजको सम्बन्धन खारेज
सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आठवटा कलेज खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कृषि विश्वविद्यालयले सम्बन्धत दिएका आठवटा कलेजको सम्बन्धन खारेर गरेको हो ।
मन्त्रिपरिषद बैठकले सम्बन्धन दिने कार्य तत्काल स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको उनले जानकारी गराए ।
सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि कलेजहरुको सम्बन्धन नदिने निर्णय गरेको हो । सचिव बरालले नयाँ शैक्षिक रणनीति बनाउनुपर्ने भएकाले तत्काल कलेजहरुलाई सम्बन्धन नदिने निर्णय गरिएको स्पष्ट पारे ।
सरकारले जनसंख्याका आधारमा सबै प्रदेशमा कलेजको उचित व्यवस्थापन गर्न गृहकार्य सुरु गरिसकेको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले मुलुकको आवश्यकताअनुसार नयाँ शैक्षिक रणनीति बनाउन सुरु गरिसकेको पनि सचिव बरालले जानकारी दिए ।
प्रकाशित समय : २३:०६ बजे

















