गृहपृष्ठ पुस्तकालय दिवसको मूल समारोह स्थगित

पुस्तकालय दिवसको मूल समारोह स्थगित

पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौँ । भोटेकोशी बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै यही भदौ १५ गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ ।

देशका विभिन्न क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिका कारण उत्पन्न शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै मूल समारोह स्थगित गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए ।

‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ यस वर्षको पुस्तकालय दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने तयारी गरिएको थियो ।

दिवसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन भएको थियो । पुस्तकालय दिवसका अन्य कार्यक्रमका सम्बन्धमा मन्त्रालयबाट कुनै निर्णय वा निर्देशन नआएको पाण्डेयले बताए ।

 

प्रकाशित समय : ०५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु