गृहपृष्ठ युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी बढाउन आग्रह

युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी बढाउन आग्रह

युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी बढाउन आग्रह

 

सरकारले युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी बढाउन आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।

युरोपका विभिन्न मुलुकको भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकले नेपालको ऊर्जा, कृषि र पूर्वाधार विकासमा लगानी बढाउन चासो देखाएको जानकारी गराए । ‘युरोपियन युनियन पनि नेपालमा लगानी बढाउन इच्छुक देखिएको छ,’ उनले भने । युरोपमा उनले गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी भित्र्याउन आवश्यक पहलका लागि आग्रह गरेका थिए ।

प्रकाशित समय : ००:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु