गृहपृष्ठ नेपाललार्इ १९० रनको लक्ष्य, नेदरल्यान्ड्सविरूद्ध पारसले लिए चार विकेट

नेपाललार्इ १९० रनको लक्ष्य, नेदरल्यान्ड्सविरूद्ध पारसले लिए चार विकेट

नेपाललार्इ १९० रनको लक्ष्य, नेदरल्यान्ड्सविरूद्ध पारसले लिए चार विकेट

 

नेदरल्यान्ड्सविरूद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ९० रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्स कप्तान पारस खड्काको उत्कृष्ट बलिङसँगै ४७ ओभर ४ बलमा एक सय ८९ रनमा समेटिएको हो । १० ओभर बलिङ गरेका परसले २६ रन खर्चेर चार विकेट लिएका हुन् ।

सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले एक/एक विकेट लिए । नेदरल्यान्ड्सका मिचेल रिप्पोनले ७६ बलमा सर्वाधिक ५१ रन बनाए भने स्टेफेन माइबर्गले २९ र बास डे लिडेले ३० रन जोडे ।

प्रतियोगितामा सोमपालले पहिलो विकेट लिए । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।

प्रकाशित समय : ००:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु