गृहपृष्ठ प्रदेशसभा बैठकद्धारा दुर्इ विधेयक पारित

प्रदेशसभा बैठकद्धारा दुर्इ विधेयक पारित

प्रदेशसभा बैठकद्धारा दुर्इ विधेयक पारित

 

प्रदेश १ को बुधबार बसेको प्रदेशसभा बैठकले दुईवटा विधेयक पारित गरेको छ । जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो ।

जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमाथि सांसदहरुले समितिमा लगेर छलफल गर्नुपर्ने माग गरेका थिए । सोहीअनुसार प्रदेशसभाको दोस्रो अधिवेशनको २१औं बैठकले जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई न्याय, प्रशासन तथा विधायन समितिमा दफावार छलफलका लागि पठाएको थियो ।

समितिले गरेको छलफलपछि जिल्ला सभाको अधिकार प्रदेशले खोस्न पनि नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय समितिले हस्तक्षेप गर्न नसक्ने भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।

संसदमा कार्कीले समितिमा पर्याप्त छलफल भएका कारण विधेयक अझ समृद्ध भएको बताए । विधेयक पारित हुनुअघिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सांसद विद्यानन्द चौधरी, रामबहादुर मगर र मोहनकुमार खड्काले समर्थन गरेका थिए ।

प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भने कुनै पनि संशोधन नपरेपछि सर्वसम्मतिले पारित भएको छ ।

प्रकाशित समय : ००:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु