काठमाडौंको वसन्तपुरमा दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाइएको छ। नेवार समुदायले परम्परागत बाजागाजा, भेषभूषा तथा सांस्कृतिक झाँकीसहित गाईजात्रा निकालेका छन्।
वर्षभरि दिवंगत भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै परिवारजनले गाई वा गाईको प्रतीकका रूपमा बालबालिकालाई सिँगारेर जात्रामा सहभागी गराएका छन्।


















