गृहपृष्ठ दुर्इ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टीसहित टम्बो मोबाइल नेपालमा
दुर्इ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टीसहित टम्बो मोबाइल नेपालमा
भारतीय मोबाइल ब्रान्ड टम्बो मोबाइल नेपाली बजारमा भित्रिएको छ । सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोन सार्वजनिक गरेको टम्बो मोबाइलका फोन नेपाली बजारमा पनि उपलब्ध भएको हो ।
नेपाली बजारमा टम्बो मोबाइल शंकराचार्य मोबाइल प्रालिले आधिकारिक रूपमा आयात तथा बिक्री सुरू गरेको हो । कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोन बजारमा ल्याउने जनाएको छ । कम्पनीले स्मार्टफोनमा टीए २ र टीए ३ नामक दुई फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।
टम्बो ब्रान्डका फिचर फोन १ हजार रुपैयाँभन्दा माथिबाट बजारमा उपलब्ध छन् । टम्बो मोबाइलका फोनमा दुर्इ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रिन रिप्लेसमेन्ट सुविधा दिइएको छ ।
‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हषिर्त भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् । हामीले हाम्रा ग्राहकहरुलाई २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईका छौं र यस्तो अफर अन्य कुनैपनि ब्राण्डमा उपलब्ध छैन् । आगामी दिनमा पनि हामी ग्राहकको रुचीअनुसारका टम्बो ब्राण्डका फोनहरु नेपालमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने ।
टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फिचरहरु राखिएका छन् । यी फोनमा फोरजी भीओएलटीई सपोर्ट छ भने वाईफाई, ब्लुटुथ, जीपीएस, हेडफोन ज्याकलगायत फिचर छन् । टम्बो मोबाइल फोनहरु मंगलबारदेखि नै नेपालभरका रिटेलर तथा च्यानल पार्टनरबाट खरिद गर्न सकिनेछ ।
प्रकाशित समय : १८:१७ बजे


















