गृहपृष्ठ हेटौंडा–कुलेखानी यातायात अवरुद्ध

हेटौंडा–कुलेखानी यातायात अवरुद्ध

हेटौंडा–कुलेखानी यातायात अवरुद्ध

 

सोमबार रातिदेखि परेको अबिरल वर्षाले हेटौंडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाखेलस्थित महालक्ष्मी डाँडामा आइरहेको पहिरो बिहानैदेखि हटाउने काम भइरहेको र हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा सञ्चालनका लागि प्रयास भइरहेको मकवानपुरका प्रजिअ आसमान तामाङले जानकारी दिए ।

यसैगरी सिस्नेरी प्रहरी चौकीका अनुसार इन्द्रसरोवर गाउँपालिका–३ मदन भण्डारी राजपथअन्तर्गत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

सिस्नेरी डाँडामा गएको पहिरोलाई मंगलबार साँझसम्म हटाई हेटौंडा–काठमाडौंतर्फ यातायात सञ्चालन गर्ने काम भइरहेको जनाइएको छ । सडक अबरुद्ध हुँदा हेटौंडाबाट काठमाडौं र काठमाडौंबाट हेटौैंडा आइरहेका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रु बिहानैदेखि अलपत्र अलपत्र छन् ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु