काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विदा अवज्ञा गरेको झोकमा प्रदेश मन्त्रीद्वारा राष्ट्र बैंकमा ताला

9.32K
shares

 

आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक विदा दिएको थियो । प्रदेश सरकारको निर्णयका कारण प्रदेश २ मातहतका सरकारी कार्यालय बन्द रहे पनि संघीय सरकार मातहतका सरकारी कार्यालयहरु खुल्लै रहे ।

प्रदेश सरकारले आफूले सार्वजनिक विदा दिए पनि त्यसको कार्यान्वयन नभए पछि असन्तुष्ट देखियो । र सरककारी कार्यालय बन्द गर्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द यादव आँफै निस्किए । उनले जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकको शाखा कार्यालयमा ताला बन्द गरिदिए ।

प्रदेश सरकारले प्रदेशको राजपत्रमा सूचना प्रकाशित गरी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

 

यो पनि पढ्नुहोस्

रक्षाबन्धनकाे अबसरमा प्रदेश २ मा सार्वजनिक विदा