काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गृहमन्त्री बादललाई विराटनगरबासीको पत्र

10.36K
shares

 

विराटनगरमा रहेका धार्मिक तथा सामाजिक संघसंस्थाहरुले शान्ति सुरक्षा सुदृढ गर्न माग गर्दै संघीय सरकारलाई ज्ञापन पत्र पठाएका छन् । महानगर क्षेत्रका दुई दर्जन बढी धार्मिक र सामाजिक संस्थाहरुले शान्ति सुरक्षा थप सुदृढ गर्न माग गर्दै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पठाएका हुन् ।

विराटनगर क्षेत्रसहित देशका विभिन्न भागमा हत्या हिंसा, चोरी र बलात्कारलगायतका घटना बढेका कारण सर्वसाधारणमा असुरक्षाको अवस्था उत्पन्न भएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत गृहमन्त्रीलाई ज्ञापन पठाइएको लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

हिंसात्मक घटनाका कारण सर्वसाधारणमा त्रास बढेको भन्दै शान्ति सुव्यवस्था थप सुदृढ बनाउन र पीडित परिवारलाई न्याय दिलाउन सरकारलाई आग्रह गरिएको उनले बताए ।

ज्ञापन पत्रमा विश्व हिन्दू महासंघ विराटनगर, सनातन युवा मञ्च नेपाल, वैदिक कर्मकाण्ड परिषद्, हिन्दू जागरण अभियान, विश्व हिन्दू परिषद्, श्री निम्बार्क बैष्णव परिषद र लक्ष्मीनारायण मन्दिर पाञ्चालीसहित विभिन्न २६ वटा संस्थाका प्रतिनिधिको हस्ताक्षर छ ।