काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खेलाडीलाई छुरा हानेर भागेका वडा सदस्य पक्राउ

5.73K
shares

मोरङको उर्लाबारी ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार भएका थिए । तरुण दल मोरङका सचिवसमेत रहेका ४० वर्षीय सचिन शाक्यलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।

उर्लाबारी–५ स्थित एरोमा होटलमा असार ७ गते शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्षसमेत रहेका शाक्य निर्माण व्यवसायी हुन् । शाक्य उर्लाबारी उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष पनि हुन् ।