काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पूर्वी नेपालमा गाइजात्राको रौनक (फोटो फिचर)

10.53K
shares

 

वर्षभरि दिवंगत भएका आफन्तहरुको मोक्षको कामनासहित नेवार समुदायले मनाउने गाइजात्रा पर्व सुरु भएको छ । यस अवसरमा विराटनगरस्थित झीः पुचबाट झाँकीसहितको गाइजात्रा र्याली निकालिएको छ ।

झीः पुचबाट निकालिएको गाइजात्रामा यसपटक २१ परिवारसहभागी भएका छन । बगलामुखी मन्दिर परिसरबाट निकालिएको गाइजात्रा र्याली ट्राफिकचोकबाट मेनरोडको विभिन्न भागको परिक्रमा गर्दै तिनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

गाईजात्रामा वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले यो पर्व मनाउँछन् ।
भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने गाईजात्राका क्रममा प्रहसन र सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका श्लोक पनि गाउने प्रचलन छ ।

 

 

 

 

 

 

तस्बिर : किशोरसंगम दियाली