गृहपृष्ठ काठमाडौँमा गाइजात्रा (फोटो फिचर)
काठमाडौँमा गाइजात्रा (फोटो फिचर)
मृतक आफन्तको स्मृतिमा गाई स्वरुप झाँकी प्रदर्शन गरेर काठमाडौँमा पनि गाइजात्रा मनाइएको छ । वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई ‘हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन्’ भनी सान्त्वना दिलाउन जात्रा शुरु गरिएको थियो ।
त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरवार हनुमानढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भउको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरुपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रुप धारण गरेको भनिन्छ । एक समय यो जात्रालाई निरङ्कुशता विरुद्ध व्यङ्ग्य गर्न पाइने र आफ्ना कुण्ठित भावनालाई उजागर गर्न पाइने समयका रूपमा पनि उपयोग भयो । हिजोआज पनि व्यङ्ग्य र प्रहशन प्रस्तुत गर्दै एकथरीले यो जात्रा मनाउँदै आएका छन् । त्यसबेला बिफरले मानिस मर्दा मानिसभन्दा गाई धेरै रहन गएकाले गाईलाई नै यात्रामा सहभागी गराउन राजा प्रताप मल्लले उपयुक्त ठानेका हुन् भन्ने पनि कतिपयको भनाइ छ ।
भक्तपुरमा पनि यो जात्रा उत्सवका रूपमा मनाइएको छ । वि.सं.१४३७ राजा जयस्थिति मल्लको पालामा यो जात्रा चलाउन थालिएको वंशावलीमा उल्लेख छ । घिन्ताङ्घिसी नाच र चारकुने लठ्ठीमा गाईको चित्र राखेर प्रदर्शन गरिने तायमचाः यहाँको प्रसिद्ध संस्कृति हो । नबष्वबतचब
भक्तपुर तलाको टोलका कुम्हालेले माटोको गाई बनाएर नगर परिक्रमा गर्ने गराउने चलन छ । ललितपुरमा यो जात्राको भोलिपल्ट मतयाः भनी दिवंगत आफन्तको स्मृतिमा द्वीप प्रदर्शन गरेर विभिन्न झाँकी प्रस्तुत गर्दै मनाउने प्रचलन छ ।
तत्कालीन राजा गुणकामदेवको पालदेखि यहाँ यो चलनको सुरुवात भएको गोपालराज वंशावलीमा छ । विशेष गरी नेवार समुदायले सापारु भनी यो जात्रा मनाउँदै आएका छन् । त्यस बेला काठमाडौँ उपत्यकामा नेवार समुदायको घना वसोवास भएकाले यो जात्रा यो समुदायबाटै चल्न थालेको बताइन्छ ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : २१:३७ बजे



























