global ime bank Long Banner Ad

गृहपृष्ठ लागु औषधसहित एक महिला पक्राउ

लागु औषधसहित एक महिला पक्राउ

लागु औषधसहित एक महिला पक्राउ

सुर्खेतमा लागु औषधसहित एक महिला आइतबार पक्राउ परेकी छन् । आइतबार दिउँसो साढे चार बजे वीरेन्द्रनगर ११ सुब्बाकुना प्रहरी चौकी सुर्खेतको चेक प्वाइृन्टमा चेक जाँचको क्रममा लागुऔषध सहित महिला फेला परेकी हुन् ।

नेपालगञ्जबाट सुर्खेतर्फ आउदै गरेको हाइसमा सवार विरेन्द्रनगर नगपालिका १२ बस्ने २६ वर्षकी पवित्रा बिसी (विष्ट) ले लुकाई छिपाई ल्याउदै गरेको २ ग्राम ६ सय १० मिलीग्राम लागु औषध आइतबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पक्राउ परेकी पवित्राको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित समय : ०१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु