गृहपृष्ठ आइएमईको दसैंमा बिस लाख योजना सार्वजनिक
आइएमईको दसैंमा बिस लाख योजना सार्वजनिक
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ असोज ७ देखि शुरु भई मङ्गसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।
योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जानकारी दिएको छ । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्दतिमा लिङ्क गरि ‘लक्की ड्र’बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’मार्फत एक हजारको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई दश हजार नगद, हरेक महिना १ जनालाई १ लाख नगद तथा बम्परमा १ जनालाई बिस लाख नगद प्रदान गरिने आइएमइले जनाएको छ ।
‘लक्कीड्र’बाट छानिएका विजेताको सिफारिस बमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्ने बताइएको छ ।
आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।
प्रकाशित समय : ०१:०६ बजे



















