global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश १ का ६ जिल्लामा सडक सुशासन कार्यक्रम

प्रदेश १ का ६ जिल्लामा सडक सुशासन कार्यक्रम

प्रदेश १ का ६ जिल्लामा सडक सुशासन कार्यक्रम

प्रदेश नम्बर १ सरकारले वढ्दो सडक दुर्घटना न्युनिकरणका लागि विशेष अभियान स्वरुप ६ जिल्लामा सडक शुसासन अभियान लागू गरेको छ । पहिलो चरणमा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटिर क्षेत्रको राजमार्गलाई विकास गरी नमुनाको रुपमा सडक शुसासन अभियान लागू गरिएको हो ।

साथै नमुना राजमार्ग क्षेत्रभित्र पर्ने ६ वटा शहरलाई समेत नमुना शहर बनाइने भएको छ । मुख्यमन्त्री शेरधन राईको परिकल्पना अनुसार मोरङको विराटनगरको मेनरोड र सुन्दरहरैचा गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजार, झापाको विर्तामोडको मुक्तीचौकदेखि सुरुँगाको माइखोला पुल, इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागते चौक र उदयपुरको गाईगाटबजारदेखि जलजले ढाटसम्मको १० किलोमिटर राजमार्ग क्षेत्रलाई नमुना सडक निर्माण गरी प्रदेश सरकारले सडक शुसासन अभियान संचालनको तयारी गरेको हो ।

जसमा ती राजमार्ग क्षेत्रभित्र समेटिने मोरङको विराटनगर, विराटचौक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाईघाट बजारलाई नमुना शहरको रुपमा विकास गरिने छ । विराटनगरमा बिहीबार सडक सुशासन तथा सुरक्षा विषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा यो कार्यक्रम सुचारु गरिएको हो ।

मुख्यमन्त्री राईले प्रदेशका ६ जिल्लामा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको सडक शुसासन अभियानका लागि तयार पारिएका सडकहरु आमा नागरिकले सबै प्रकारको सुरक्षाको अनुभूति दिलाउने खालका मापदण्डमा तयार पारिने जानकारी दिए । उनले १० किलोमिटिर राजमार्ग क्षेत्र सबै प्रकारको भय, शास्तीबाट मुक्त हुने खालका, सडकका स्तर पहिचान निर्धारण गरिने निर्माण गरिने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सडक दुर्घटनाको अबस्था भयावहको स्थिती रहे पनि समिति स्रोत साधनको अधिकत्तम उपयोग गरी सडक शुसासन अभियान सफल हुनेमा दावी गरे ।

 

सडक दुर्घटनामा दैनिक १ जनाको मृत्यु
प्रदेश नं १ मा तीन बर्षको अवधीमा सडक दुर्घटनामा परी १ हजार १ सय १२ जनाको ज्यान गएको छ । यो संख्या हेर्दा १ नं प्रदेश अन्तर्गतका १३ जिल्लामा सडक दुर्घटनामा परी दैनिक १ जनाले ज्यान गुमाउने गरेको अबस्था देखिन्छ । १ नं प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सडक दुर्घटना परी ज्यान गुमाउनेको संख्या वढेको छ ।

आर्थिक बर्ष ०७३÷०७४ मा ३ सय ५० जना र आर्थिक बर्ष ०७४÷०७५ मा ४ सय २४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । चालु आवको साउनदेखि भदौको हालसम्मको अबस्थामा ३६ जनाको सडक दुर्घटनामा परी मृत्यु भइसकेको छ । प्रदेश नं. १ मा कुल सडकको लम्बाई ६ हजार ५५ किलोमिटिर छ । जसमा पक्की सडकको लम्बाई १ हजार ४५ किलोमिटर छ त्यसैगरी ग्राभेल सडकको लम्बाई १ हजार ५ सय ९९ किलोमिटर छ । त्यसैगरी कच्ची सडकको लम्बाई ३ हजार ४ सय ११ किलोमिटर छ ।

प्रकाशित समय : २३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु