गृहपृष्ठ पब्लिसिटी बुझ्न हल हलमा पुग्याे रामकहानी टिम
पब्लिसिटी बुझ्न हल हलमा पुग्याे रामकहानी टिम
नेपाली कथानक चलचित्र रामकहानी यतिबेला देशभर प्रर्दशन भइरहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले मिलेर चलचित्र ‘रामकहानी’ निर्माण गरेका हुन् ।
चलचित्रका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको जोडी लगायतको टिम अहिले मोफसलमा दर्शकहरुको मन बुझ्न हिडेको छ । बिहीबार बुटवलमा आएको चलचित्र टिमले चलचित्र पत्रकार संघ सँग साक्षत्कार कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नायिक पूजा शर्माले चलचित्रमा भएको लागानी उठ्न थालेको बताईन्् । एक हप्तामा देशभरका हलहरुमा चलचित्र राम्रो फुल हासउका साथ प्रर्दशन भइरहेको भन्दै उनले दर्शकको मायाँबाट आफू उत्साहित भएको बताइन् ।
यस्तै चलचित्रका नायक आकाश श्रेष्ठले पनि आफ्नो अभिनय दर्शकहरुले मन पराउनु आफैँमा खुसीको कुरा भएको बताए ।
साक्षत्कार कार्यक्रममा कलाकार शोभित बस्नेत, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले सफलताको शुभकामना दिएका थिए । चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झालगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
साक्षत्कार पश्चात चलचित्र टोलीले बुटवलको कालिका चलचित्र मन्दिरमा गएर दर्शहरुसँग भेटघाट गरेको छ । चलचित्र चलिरहेकै बेला गएका पूजा शर्मा र आकास श्रेष्ठ लगायतका टोलीलाई दर्शकहरुले घेरेर हम्मे हम्मे परेका थिए ।
प्रकाशित समय : २३:२८ बजे



















