global ime bank Long Banner Ad

गृहपृष्ठ मोरङमा जिल्लास्तरीय बडिबिल्डिङ प्रतियोगिता हुने

मोरङमा जिल्लास्तरीय बडिबिल्डिङ प्रतियोगिता हुने

मोरङमा जिल्लास्तरीय बडिबिल्डिङ प्रतियोगिता हुने

मोरङमा जिल्लास्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने भएको छ । युवायुवतीहरुलाई लागू औषधको दुव्र्यसनबाट जोगाउन तथा शारीरिक सुगठनप्रति आकर्षित गर्न प्रतियोगिता गर्न लागिएको हो । मोरङ शारीरिक सुंगठन र फिटनेस संघको आयोजनामा आउदो असोज २८ गते प्रतियोगिता हुन लागेको हो ।

आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । आयोजक संस्थाका महासचिव नविनविक्रम शाहले असोज २८ गते स्थानिय वीरेन्द्र सभागृहमा हुने प्रतियोेगिताको तयारी शुरु गरिएको जानकारी दिए ।

५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समूहमा हुने प्रतियोगितामा जिल्लाका सवैले सहभागिता जनाउन पाउने छन् । आयोजक संस्थाका अध्यक्ष अमलेशकुमार कर्णले शारीरिक सुगठन प्रतियोगिता आयोजनाँंगै युवायुवतीलाई लागु औषधको कुलतबाट जोगाउन सचेतना कार्यक्रमसमेत गर्न लागिएको बताए ।

आउदो असोज १९ गते गुद्री बजारको बी.प्लटमा लागु औषध प्रयोगबिरुद्धको सचेतनामुलक कार्यक्रम गरिने छ । शारीरिक सुगठन प्रतियोगितामा बिजयी हुने पहिलोदेखि पाँचौसम्मलाई पुरस्कृत गरिने सो अवसरमा जनाइएको थियो । पहिलोदेखि पाँचौंसम्मलाई क्रमशः नगद ५१, ३१, २१, १५ र १० हजार रुपैयाँको पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्क नलाग्ने आयोजकको भनाई छ ।

प्रकाशित समय : २३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु