गृहपृष्ठ संयुक्त अनुगमन टाेलीद्वारा रुपन्देहीका तीन पेट्रोल पम्पमा शिल
संयुक्त अनुगमन टाेलीद्वारा रुपन्देहीका तीन पेट्रोल पम्पमा शिल
रुपन्देहीका तीन पेट्रोल पम्पमा संयुक्त बजार अनुगमन टोलीले शिल गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा भारतीय सवारीलाई ईन्धन दिएको आरोपसहित पेट्रोल पम्पहरुलाई शील गरिएको हो ।
बुधवार जिल्लाको ओमसतिया र रोहिणी गाउँपालिकाका तिन पेट्रोल पम्पमा छड्के निरिक्षणपश्चात टोलीले शिल गरेको हो ।
सुरज आयल डिष्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिल गरेकाे अनुगमन टोली रुपन्देहीका संयोजक तथा साहयक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिएका दिए ।
प्रकाशित समय : २३:५२ बजे



















