global ime bank Long Banner Ad

गृहपृष्ठ विराटनगर आँखा अस्पतालमा १२ वर्षमा २५ लाखको उपचार

विराटनगर आँखा अस्पतालमा १२ वर्षमा २५ लाखको उपचार

विराटनगर आँखा अस्पतालमा १२ वर्षमा २५ लाखको उपचार

विराटनगर आँखा अस्पतालले बिहीबार १२ औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालले मरणोपरान्त आँखा दान गर्ने व्यक्तिका परिवारलाई सम्मान गरेको छ ।

यसैगरी अस्पताललाई आर्थिक र सामाजिक रुपमा सहयोग गर्ने रविन्द्र चौधरीलाई नेपाल नेत्र ज्योती संघका महासचिव श्यामकुमार पोखरेलले सम्मान गरे । वार्षिकोत्सवका अवसरमा खेलाइएका विभिन्न खेलकुदमा उत्कृष्ट हुनेहरुलाईसमेत पुरस्कृत गरिएको थियो ।

अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सञ्जय सिंहले अस्पतालले १२ वर्षको अवधिमा २५ लाख ८३ हजार बिरामीको चेकजाँच गरेको जानकारी दिए । यस्तै ४ लाख ८१ हजारको शल्यक्रिया गरिएको बताए । उनले दृष्टिविहीन हुनुको मुख्य कारण मोतियाबिन्दु भएको बताए ।

उनले विराटनगर आँखा अस्पतालले सन् २०१७ देखि आधुनिक रोबोटिक प्रविधियुक्त जेप्टो फेको सर्जरी भित्र्याएको जानकारी दिए । जेप्टो फेको सर्जरीमा लेन्स राख्न क्याप्सुल र ब्यागमा गोलाकार प्वल रोबोटिक माध्यमबाट बनाउने गरिन्छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेल, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष विजयहरि शर्मा, सदस्य राजन श्रेष्ठ, पूर्व सांसद तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित समय : ००:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु