काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाङका किसान आलु रोप्न व्यस्त

1.01K
shares

तुलसीपुर। दाङका किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।

स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उनले बताए । “बजारमा आलुको माग निकै छ”, उनले भने, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठूलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताए । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उनले बताए ।

“राम्रो स्याहार पाएमा एउटै बोटबाट एक किलोसम्म आम्दानी लिन सकिन्छ, कुनैमा अझ बढी पनि हुन्छ”, उनले भने, “आलु रोपेपछि समयसमयमा मलजल राख्ने, गोडमेल गर्ने र आवश्यक परे किरा तथा रोगबाट बचाउन औषधिमुलो छर्किनुपर्छ ।”

आलु उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित सो क्षेत्रका अधिकांश किसान व्यावसायिक रुपमा लागेका छन् ।